नेपाल–भारत पेमेन्ट सर्विसद्वारा सम्झौता
मेरोन्यूज
२०७८ फागुन ६ गते १३:२७

काठमाडौँ । गेटवे पेमेन्ट सर्विस प्रालिमा आबद्ध तथा मोबाइल प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (युपिआई नेपाल) सञ्चालनका लागि भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकबीच सम्झौता भएको छ ।
सम्झौतासँगै अब विभिन्न बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक तथा भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायकमार्फत नेपालको कुनै पनि बैंक खाता वा वालेटमा रकमान्तर गर्न सक्ने व्यवस्था हुने भएको छ । यस्तै, दुई देशबीचका नागरिकले जहाँसुकैबाट रकम तिर्न सक्ने व्यवस्था गरिएको छ ।
उक्त सम्झौतामा नेपालका कम्पनीका अध्यक्ष कमलनाथ प्रधान र भारतका एनपीसिआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा डिजिटल बैंकिङ तथा भुक्तानी सेवामा लामो अनुभव रहेको भारतीय फिन्टेक कम्पनी मनम इन्फोटेकका तर्फबाट निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका थिए ।
सम्बन्धित

















झापा ५ मा झन्डै ५० हजार मतान्तरले ओलीलाई हराउँदै बालेन शाह विजयी
कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी
तनहुँका जनतालाई वाग्लेले भने – भरोसा टुट्न दिनेछैन
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
नवलपरासी पूर्व-२ बाट २६ वर्षीय मनिष खनाल निर्वाचित
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
प्रतिक्रिया