मंगलबार, माघ ६, २०८२

आज एमसीसीबारे संसदमा छलफल हुँदै

मेरोन्यूज २०७८ फागुन १२ गते ६:४६

काठमाडौँ । प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)लाई आजदेखि छलफल हुने भएको छ । बिहीबार दिउँसो १ बजे बस्ने संसद बैठकमा एमसीसीबारे छलफल हुने भएको हो ।

गत ८ गते संसदमा एमसीसी टेबल भएको थियो । अर्थमन्त्रीले टेबल गर्ने कार्यसूचीमा राखिएको भए पनि त्यतिबेला उनी विरामी अनुपस्थित भएकाले सञ्चारमन्त्रीले टेबल गरेका थिए ।

आजै सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् । एमसीसीलाई कसरी अगाडि बढाउने भन्नेबारे उक्त बैठकमा छलफल हुनेछ ।

दलहरुबीच एमसीसीका बारेमा साझा धारण बनाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया