‘नाई नभन्नू ल-६’ मा नयाँ अभिनेता र अभिनेत्री खोजिँदै

काठमाडौं / लेखक हुँदै निर्देशक बनेका विकासराज आचार्यले ‘नाई नभन्नु ल २’ पश्चात यसलाई सिरिजको रूपमा अगाडि बढाइरहेका थिइ । तर, उनले यसलाई ब्रेक गर्दै बाहिरी ब्यानरको फिल्म ‘हजार जुनीसम्म’ निर्देशन गरे । उनले सिरिजलाई निरन्तरता नदिई नयाँ नाममा फिल्म गरे । यद्यपि, फिल्म ’बक्स अफिस’ मा सफल हुन् सकेन ।
त्यसपश्चात निर्देशक आचार्य आफ्नै सफल सिरिजमा फर्किने भएका छन् । उनले केही समय अगाडि नै फिल्मलाई तयार गर्ने सोच बनाएका थिए । तर, कोरोनाभाइरसद्वारा सिर्जित अवस्थाले गर्दा फिल्म छायांकनमा जान सकेको छैन ।
कोरोना भाइरसको तेस्रो लहरको प्रभाव न्यून भएसँगै फिल्म छायांकनमा जाने तयारीमा छ । वैशाखबाट छायांकनमा जाने तयारीमा रहेको फिल्ममा सलोन बस्नेतको अभिनय रहने पक्का छ । फिल्मको कथा लेखन स्वयं निर्देशक आचार्यकै छ । कथालाई पटकथामा सामीप्यराज तिमल्सिनाले आचार्यलाई साथ दिएका छन् । पटकथाकार तिमल्सिनाले फिल्मको लागि अभिनेत्री खोजिरहेको बताए ।
‘हामी अभिनेत्री खोजिरहेका छौँ । कथामा रहेको पात्र सुहाउँदो अभिनेत्री भेटाए सेलेक्ट गर्छौ,’ तिमल्सिनाले भने । उनले फिल्ममार्फत अभिनेताको रूपमा नयाँ अनुहारले डेब्यु गर्ने पनि बताए ।
तीन अभिनेत्री र एक अभिनेताको कथामा बन्ने फिल्ममा एक अभिनेत्री समेत डेब्यु अनुहार हुनेछिन् । ‘स्थापित सिरिजमार्फत प्रतिभा भएका नयाँ अनुहारलाई मौका दिने उद्देश्यका साथ कथामा सुहाउँदो भएकाले नयाँ अनुहारको खोजिभइरहेको हो,’ तिमल्सिनाले भने ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया