बुधबार, चैत ११, २०८२

मतदाता नामावलीको त्रुटि सच्याउन सकिने

मेरोन्यूज २०७८ फागुन १९ गते १९:१६

काठमाडौँ । मतदाता नामावलीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले सयम दिएको छ । आयोगले यसका लागि फागुन २६ गतेसम्म समय दिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आयोगले फागुन २० गतेदेखि सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेबसाइटमा मतदाता नामावली सार्वजनिक गर्ने जनाएको छ ।

कसैले झुटा विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाण सहित सफाइको मौका दिने जस्ता क्रियाकलपाहरु फागुन २० गतेदेखि फागुन २६ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका विषयमा आयोगले आवश्यक जाँचबुझ गरिरहेको छ । निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम फागुन २६ गतेभित्रमा प्रकाशन गरिने जनाइएको छ ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आयोगलाई अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको छ ।

प्रतिक्रिया