मंगलबार, जेठ ६, २०८२

‘बी’ डिभिजन लिगः चर्च ब्वाइज र आरसिटीको जित, कुमारी र समाजिक युथ बराबरी

मेरोन्यूज २०७८ फागुन २२ गते २१:४६

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा श्री कुमारी क्लब र सामाजिक युथ क्लबले बराबरी खेल्दै अंक बाँड्दा चर्च ब्वाइजले लगातार दोस्रो जित निकालेको छ ।
एन्फा कम्पलेक्स सातदोबाटोमा आईतबार भएको दिनको दोस्रो खेलमा श्री कुमारी र सामाजिक युथले ३–३ को बराबरी खेल्दै अंक बाँडेको हो ।
सुरुआती अग्रता लिएको कुमारीले कायम राख्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । कुमारीका लागि राज भुषाल, दिपेन मगर र लक्ष्मण मान थारु एक–एक गोल गर्दा सामाजिक युथक लागि बसन्तबहादुर राना, सुरेश खत्री र कृष्ण भण्डारीले एक–एक गोल आफ्नो नाममा लेखाएका थिए ।
प्रतिस्पर्धात्मक बनेको खेलमा कुमारीले खेलको २९ औ मिनेटमा राज भुषालको गोलबाट अग्रता लिएको थियो । तर सामाजिक युथका बसन्त बहादुर रानाले ३७ औ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।
४४ औ मिनेट तथा ५१औं मिनेटमा सामाजिक युथका कृष्ण भण्डारीले गोल गर्दै ३–१ को अवस्थामा पु¥याए पनि बाँकी समयमा अग्रता कायम राख्न असफल रह्यो । तर ५९ औं र ७३औं मिनेटमा क्रमश दिपेन मगर र लक्ष्मण मान थारुले गोल गर्दै श्री कुमारीलाई हारबाट जोगाए । योसँगै श्री कुमारीले लगातार दोस्रो बराबरी खेल्दै अंक बाँडेको छ भने सामाजिक युथले भने दुई खेलमा १ अंक जोडेको छ ।
बी डिभिजन फुटबल अन्तर्गत आइतबारै सम्पन्न दिनको पहिलो खेलमा चर्चब्वाइजले खुमलटार युथ क्लबलाई २–० ले स्तब्ध बनायो । यस जित सँगै चर्चब्वाईजले जारी लिगमा लगातार दोस्रो जित निकालेको छ ।
अघिल्लो खेलमा ह्याट्रिक गरेका आशिषले खुमलटारविरुद्ध पनि उत्कृष्ट खेल प्रदर्शन गरे । स्पष्ट अंक दिलाउनका लागि आशिषले नै दुई गोल गरेका हुन् ।
पहिलो हाफ गोलरहित रहेको खेलमा ५४ औं मिनेटमा गोल गर्दै आशिषले चर्च ब्वाईजलाई सुरुआती अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थप्दै अग्रता दोब्बर बनाएसँगै चर्चले जित निश्चित गर्न सफल भयो । जितसँगै चर्च ब्वाईजले तालिकामा ६ अंक जोडेको छ । खुमलटारले पनि पहिलो हार भोगेको छ ।
यसअघि आफ्नो पहिलो खेलमा खुमलटारले रानीपोखरी कर्नर टिम (आरसीटी)लाई ३–१ गोल अन्तरले हराउँदै लिगमा सुखद सुरुआत गरेको थियो ।
लिग अन्तर्गत दिनको तेस्रो खेलमा रानीपोखर कर्नर टिम (आरसिटी)ले मध्यपुर युथ एसोसियसनलाई २–० को गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको छ । पहिलो खेल गुमाएको आरसिटीलाई जित दिलाउन अमर डंगोलले पहिलो मिनेटमा नै गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता लिएको आरसिटीले दोस्रो हाफमा थप गोल गर्दै जित निश्चित गरेको थियो ।
७६औं मिनेटमा सागर थारुले गोल गर्दै टोलकिो जित निश्चित गरेका थिए । यससँगै आरसिटीले तालिकामा स्पष्त तीन अंक जोडेको छ भने आफ्नो पहिलो खेलमा सामाजिक युवा क्लबमाथि ५–२ को फराकिलो जित निकालेको मध्यपुरको पनि दुई खेलबाट समान ३ अंक नै भएको छ ।
१४ क्लबबीच भएको प्रतिस्पर्धा सिंगल राउण्ड रोबिन लिगको आधारमा भइरहेको छ । शीर्ष दुई टोेली ए डिभिजन लिगमा बढुवा हुनेछ । यस्तै पुछारका दुई टोली रेलिगेसनमा पर्ने छन् ।

प्रतिक्रिया