सबै वडामा पार्टी संगठन छैन, एक महिना संगठन निर्माण गरौं:अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पार्टीको सबै स्थानमा कमिटी नहुँदा चुनौति रहेको जनाएका छन् ।
आजदेखि सुरु हुने केन्द्रीय कमिटीको तेस्रो बैठकमा अध्यक्ष नेपालले पेश गर्ने राजनीतिक प्रतिवेदनमा पार्टीको संगठन विस्तारमा कम भएको र एक महिना संगठन निर्माणमा ध्यान दिनुपर्ने उल्लेख गर्दे सबै तहमा पार्टीको कमिटी बनाउन जोड दिएका छन् ।
‘जहाँ निर्वाचन हुने हो त्यहाँ पार्टी कमिटी भएन भने निर्वाचनमा प्रतिस्पर्धा गर्ने आधार नै हुँदैन, हामीले सबै वडामा त के सबै पालिकामा समेत पार्टी कमिटी निर्माण गरिसकेका छैनौं, कतिपय कमिटीहरूलाई, यहाँसम्म कि प्रदेश कमिटीहरूलाई समेत पूर्णता दिएका छैनौं, यस्तो स्थिति अब रहिरहनु हुँदैन’, अध्यक्ष नेपालले पेश गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अध्यक्ष नेपालले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा देशभर संगठन निर्माणको चरण कायमै रहेकाले संगठन बलियो हुन नसकेको स्वकारोक्ति उल्लेख गरिएको छ ।‘
अहिले हाम्रो पार्टीमाथि चुनौती खडा भएको छ । जहाँ निर्वाचन हुन्छ त्यहाँ पार्टीको उपस्थिति नहुन सक्छ त्यसकारण अहिलेको आवश्यकता संगठन निर्माण नै हो’, आज प्रस्तुत गर्ने प्रतिवेदमा भनिएको छ ।
नेकपा एसको केन्द्रीय कमिटीको बैठक बुधबार (आज)काठमाडौंमा सुरु हुँदैछ । सो बैठकमा प्रस्तुत गर्न अध्यक्ष नेपालले तयार पारेको राजनीतिक प्रतिवेदनमा स्थानीय तहको निर्वाचन घोषणा भैसकेको र त्यसका लागि सबै स्थानीय तह र जिल्लामा संगठन विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । अध्यक्ष नेपालले प्रतिवेदनमा राष्ट्रिय राजनीतिक परिस्थिति अझै पनि तरल अवस्थामै रहेको उल्लेख गरेका छन् ।
‘मुलुक संविधानले निर्देशन गरेको दिशामा स्थिर ढङ्गले अगाडि बढ्न सकेको छैन, नेपाली राजनीतिक आकाशमा अस्थिरताका काला बादल अझै पनि मडारिरहेका छन्,’ उनले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन् ।
प्रतिगमनकारी षड्यन्त्रका तानाबाना अझै पनि बुनिँदै गरेको र जनप्रतिनिधिहरूले जनताका आवाज मुखरित गर्नुपर्ने थलो संसद् अलोकतान्त्रिक एवं प्रतिगमनकारी चिन्तन र व्यवहारको सिकार बनिरहेको भन्दै त्यसलाई चिर्नुपर्ने उल्लेख गरेका छन् । उनले एमाले र एमालेका अध्यक्ष ओलीप्रति लक्षित गर्दै प्रतिगमनका मतियारहरु सक्रिय रहेको समेत उल्लेख गरेका छन । उनले राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीको मुख्य शत्रु को हो भन्नेबारेमा केही उल्लेख गरेका छैनन ।
आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका दौरान आफ्ना विचार र योजनाहरू लिएर जनतामाझ जाने र उनीहरूको मत लिएर जनसमर्थन प्राप्त सुदृढ राजनीतिक शक्तिको रूपमा आफूलाई स्थापित गर्नुपर्ने चुनौती खडा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । गठन भइसकेका कमिटीहरूलाई यथाशीघ्र पूर्णता दिने र आगामी चैत १५ गतेभित्र सम्पूर्ण पालिका र वडाहरूमा पार्टी कमिटी गठन गरिसक्ने गरी जानुपर्छ,’ नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन्।
आगामी निर्वाचनको तयारी मुख्य काम भएको भन्दै अध्यक्ष नेपालले पार्टीले प्राप्त गर्ने सफलताले राजनीतिक हैसियत र भावी राजनीतिक यात्राको आधार पनि निर्माण गर्ने हुँदा पार्टीको ध्यान त्यता आकर्षित गर्न सबै नेताहरूलाई आग्रह गरेका छन्।
‘आफ्नो सम्पूर्ण शक्तिका साथ यस निर्वाचनको तयारीमा लाग्नु आजको हाम्रो केन्द्रीय कार्य हो,यस केन्द्रीय कार्यमा पार्टी र जनसङ्गठनका सबै कमिटी तथा पार्टी सम्बद्ध सबैलाई सम्पूर्ण रूपले परिचालित गरौं,’ उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । साथै सो प्रतिवेदनमा राजनीतिक रूपमा गठबन्धनबाटै राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीको वर्चश्व कायम हुने समेत उल्लेख गरेको स्रोतले जनाएको छ । सो प्रतिवेदन सोमबार बसेको पोलिटब्युरो बैठकमा पेस गरिएको थियो ।
















थाइल्याण्डः पूर्वप्रधानमन्त्री सिनावात्रा जेलमुक्त
ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेपछी तेलको मूल्यमा भारी वृद्धि
मन्त्रिपरिषद्को बैठक बस्दै
अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार चीन भ्रमण गर्ने
कांग्रेसले सुर्खेतमा आज कर्णाली प्रदेशस्तरीय भेला गर्दै
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
टर्किस एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
दार्चुलामा गयाे भूकम्प
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
प्रतिक्रिया