कहिले चल्छ त्रिपालमुनी थन्किएको रेल ?
रेल्वे कम्पनीका महाप्रबन्धक भन्छन्– सरकारले चाहेमा तत्काल सञ्चालन गर्न सकिन्छ

काठमाडौं । जयनगर–कुर्था रेल्वे सेवा सञ्चालन गर्न भन्दै सरकारले भारतसँग दुई वटा रेल किनेर ल्यायो ।
दुई वर्षअघि भारतीय रेल्बे कम्पनी कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा दुई सेट रेल खरिद गरेर नेपाल ल्याएको थियो ।
जयनगर कुर्था रेल्वेको सम्पूर्ण संरचनाको तयार पूरा भएर गत पुसमा नै रेल परीक्षण भइसकेको छ । अहिले पनि रेल जनकपुरमै त्रिपालमुनी थन्किएर बसेको छ ।
रेल सेवा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने तयारी भएपनि अहिलेसम्म उद्घाटनको मिति जुरेको छैन ।
तर नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रवन्धक निरञ्जन झा भने सरकारले चाहेमा तत्काल सञ्चालन गर्ने सकिने बताउँछन् ।
महाप्रबन्धक झाले रेल्वे सेवा सञ्चालन गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए । महाप्रबन्धक झाले रेल्वे कम्पनीले रेल सञ्चालनका लागि भाडा निर्धारण तथा कानून समेत बनाइ सकेको बताए ।
रेल्वे सेवा कहिले सञ्चालनमा आउँछ भनेर रेलबाट सेवा लिन सक्ने सेवाग्रहीहरु उत्साहित छन् । तर रेल सञ्चालन गर्ने तारतम्य भने मिलिरहेको छैन ।
रेल्वे कम्पनी नयाँ भएकाले कम्पनी स्थापित गराउनका लागि सरकारले सहयोग गर्नुपर्नेमा महाप्रबन्धक झा जोड दिन्छन् ।
भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ ।
रेल खरिद गरेर ल्याएको लामो समयसम्म रेल सञ्चालमा आउन नसक्दा आम नागरिकको चासो रहेको बढेको छ । वर्षौंदेखि बहुप्रतिक्षित देशको एक मात्र रेलमा चाँडै यात्रा गर्न आम नागरिक प्रतिक्षारत छन् ।

















कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी
तनहुँका जनतालाई वाग्लेले भने – भरोसा टुट्न दिनेछैन
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
नवलपरासी पूर्व-२ बाट २६ वर्षीय मनिष खनाल निर्वाचित
कैलाली-५ : प्रेम आलेलाई हराउँदै रास्वपाका चन्द निर्वाचित
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
प्रतिक्रिया