एनआरएनए अध्यक्षमा डा. केसीको उम्मेदवारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्षमा पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
उनले गैरआवासीय नेपाली संघको यही मार्च २१ र २२ मा हुने १० औं महाधिवेशनका लागि बुधवार उम्मेदवारी दर्ता गरेका हुन् ।
उनले गैरआवासीय नेपाली संघको स्थापना कालदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू सिनियर भएकाले अध्यक्षमा उम्मेदवारी दिएको बताए । डा केसीले संस्थागत शुद्धीकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिए भएर काम गर्ने प्रतिबद्धता जनाए ।
२००३ देखि एनआरएन अभियानमा होमिएका डा केसी २००७ सम्म आइसिसी रुसको साधारण सदस्य रहेका थिए । त्यसपछि २००७ देखि ००९ सम्म आइसिसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् ९आइसिसी० प्रवेश गरे । २००९(२०११, २०११–२०१३ गरी दुई कार्यकाल आइसिसी सदस्य रहेका उनी २०१३ – २०१५ मा भने कोषाध्यक्ष चयन भए ।
त्यसपछि २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र २०१९ – २०२१ मा उपाध्यक्ष रहेका उनले अहिले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पिएचडी गरेका उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय र लगानी रहेको छ ।
एनआरएनएमा उमेदवारी दर्ताको क्रम बढदै गएको छ । त्यस्तै, एसिया प्यासिफिक क्षेत्र अन्तर्गत उपसंयोजक पदका लागि जापानबाट ददिवल खड्काले उमेदवारी दर्ता गराएका छन् ।
३० वर्षदेखि जापानमा व्यवसाय गर्दै आएका खड्का सफल व्यवसायीको रूपमा हुन् । खडका मोना आईसीसीका वरिष्ठ उपाध्यक्ष एवं नेपाली व्यवसायी संघ जापानका उपाध्यक्ष समेत हुन् ।
















प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले गरे पदभार ग्रहण
सुनसान सिंहदरबार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया