पन्जावमा आम आदमीलाई अप्रत्यासित सफलता !

नयाँ दिल्ली । पन्जाव प्रान्तमा आम आदमी पार्टीले अप्रत्यासित सफलता प्राप्त गर्ने देखिएको छ । मतगणनाको सुरुवाती रुझानमा आम अादमी पार्टी विजयउन्मुख देखिएको छ । त्यस्तै, कंग्रेस पार्टीले केबल १४ सीटमा अग्रता कायम गरेको छ ।
११७ सिट भएको पन्जाबमा आम आद्मी ९१ सीटमा अगाडि देखिएको भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।
पन्जावमा आपको उदयले देशकै सबैभन्दा पुरानो पार्टी कंग्रेसलाई ठूलो धक्का लागेको छ । पन्जावमा आम अादमीको विजय निश्चत भएसँगै अरबिन्द केजरीवालका लागि दिल्लीबाहिर पहिलो ठूलो सफलता हुनेछ ।

पन्जावमा आपले भागवन्त सिंह मनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको छ । ४८ वर्षीय मन सन् २०१४ मा आम अादमी पार्टीमा प्रवेश गरेका थिए । सन् २०१९ को निर्वाचनमा पन्जाबबाट लोकसभा चुनाव जित्ने आपका एक मात्र उम्मेदवार हुन् ।
बिहीबार पाँच वटा राज्यमा विधान सभा चुनावको मतगणना जारी छ । उत्तर प्रदेश, उत्तराखण्ड, पन्जाब, गोवा र मणिपुरमा मतगणना भइरहेको छ ।
















एमाले अध्यक्ष ओलीको शल्यक्रिया सम्पन्न
अधिकाशं सेवालाई निःशुल्क गरिएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आर्थिक समस्यामा
इरानमा १६०० बढी मृत्युदण्ड
कोरलानाकामा जिप दुर्घटना हुँदा चालक घाइते
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया