मंगलबार, जेठ ६, २०८२

नर्विचलाई हराउँदै चेल्सीको सहज जित

मेरोन्यूज २०७८ फागुन २७ गते ८:३५

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले रेलिगेशन क्षेत्रको नर्विच सिटीलाई हराएको छ । बिहीबार राति भएको खेलमा चेल्सीले सिटीविरुद्ध ३–१ अन्तरको जित निकालेको हो ।

तुलनात्मक रुपमा कमजोर नर्विचविरुद्ध ट्रोभो चालोबह, मासन माउन्ट र काइ हार्भटले १–१ गोल गरे । नर्विचका टिमु पुकीले सान्त्वना गोल गरे ।

जितसँगै चेल्सीले २७ खेलमा ५६ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर पुछारमा छ । अन्य खेलमा एस्टन भिल्लाले लिड्स युनाइटेडलाई ३–० अन्तर, उल्भ्सले वाट्फोर्डलाई ४–० अन्तर र न्युक्यासल युनाइटेडले साउथह्याम्पटनलाई २–१ अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया