किसानले धान क्षतिको राहत पाउने

काठमाडौँ । गत असोज महिनामा दाङसहित देशका विभिन्न ठाउँमा बेमौसमी वर्षाले धानबालीमा पुर्याएको क्षतिका आधारमा किसानलाई क्षतिपूर्ति दिने तयारी भएको छ । दाङका दश स्थानीय तहका लागि ३५ करोड ९५ लाख रकम माग गरेकोमा जम्मा १० करोड मात्र जिल्लामा आएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।
किसानले कुल क्षति भएको मध्ये करिब २७ प्रतिशत रकम क्षतिपूर्ति बाफत सोझै बैंक खातामार्फत् पाउने भएको ज्ञान केन्द्रका अर्थविज्ञ तथा फोकल पर्सन पृथ्वी लामिछानेले जानकारी दिए । उनका अनुसार अन्य ठाउँको तुलनामा दाङमा धानबालीमा कम क्षति भएको हो ।
जिल्लाभरिमा उत्पादन हुने धानको करिब २७ हजार मेट्रिकटन धानमा क्षति पुगेको उनले बताए । करिब २० हजार किसानको सो परिमाणमा क्षति पुगेको बताए ।
क्षति भएको परिणामअनुसार किसानले प्रति कठ्ठा करिब आठ सय रुपैयाँको दरले सोझै किसानको बैंक खातामा रकम जम्मा गरिदिने भएको छ । तर, तुलसीपुर उपमहानगरपालिकाले भने प्रति कट्ठा १७७ रुपैँयाका दरले मात्रै दिने जनाएको छ ।
तुलसीपुर उपमहानगरको कृषि शाखाले धान खेतीमा क्षति पुगेका किसानलाई प्रति कठ्ठा १७७ रुपैयाँको दरले राहत उपलब्ध गराउने शाखाका सहायक प्रमुख रग बहादुर बबालले बताए ।
कृषि ज्ञान केन्द्रसँग स्थानीय पालिकाले आपसी समन्वय नगर्दा पालिकाका कृषि महाशाखा नै अन्यौलमा छ । तर, माग गरे बमोजिमको रकमसम्बन्धित निकायले नपठाउँदा थोरैमात्र रकम वितरण गर्नुपर्ने अवस्था रहेको बताइएको छ ।

















झापा ५ मा झन्डै ५० हजार मतान्तरले ओलीलाई हराउँदै बालेन शाह विजयी
कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी
तनहुँका जनतालाई वाग्लेले भने – भरोसा टुट्न दिनेछैन
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
नवलपरासी पूर्व-२ बाट २६ वर्षीय मनिष खनाल निर्वाचित
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
मध्यपूर्वी द्वन्द्व चर्किँदै, सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सर्न आग्रह
प्रतिक्रिया