पुँजीगत खर्च गर्न सरकार असक्षम
सात महिनामा सरकारको कूल खर्च ५ खर्ब ९१ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा सरकारले पुँजीगत खर्च गर्न नसकेको पाइएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार गत साउनदेखि माघ महिनासम्ममा संघीय सरकारले कूल ५ खर्ब ९१ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ ।
सरकारले खर्च गरेको रकममध्ये चालु खर्चतर्फ ४ खर्ब ७५ अर्ब ६२ करोड रुपैयाँ, पुँजीगत खर्चतर्फ ६० अर्ब ७९ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गतको खर्चतर्फ ५४ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।
वितेको सात महिनामा सरकारले कुल राजस्व ६ खर्ब १३ अर्ब ४१ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँड हुने रकमसमेत) परिचालन भएको छ ।
राजस्वमध्ये कर तर्फ ५ खर्ब ६० अर्ब ८४ करोड र गैर–कर राजस्व तर्फ ५२ अर्ब ५७ करोड परिचालन भएको छ ।
पछिल्लो सात महिनामा संघीय सरकारले ट्रेजरी विलमार्फत् २३ अर्ब रुपैयाँ र विकास ऋणपत्रमार्फत २९ अर्ब ५० करोड रुपैयाँ गरी कूल ५२ अर्ब ५० करोड आन्तरिक ऋण परिचालन गरेको छ ।

















गुल्मी–१ मा रास्वपाका सागर ढकाल निर्वाचित
झापा ५ मा झन्डै ५० हजार मतान्तरले ओलीलाई हराउँदै बालेन शाह विजयी
कास्कीका तीन वटै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी
तनहुँका जनतालाई वाग्लेले भने – भरोसा टुट्न दिनेछैन
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
प्रतिक्रिया