चिकित्सा शिक्षा स्नातक तहको परीक्षा चैत १८ गतेदेखि

काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी चैत १८ गतेदेखि गर्ने भएको छ । आयोगले परीक्षाको समय तालिका सार्वजनिक चैत १८, २० र २१ गते गर्ने जनाएको छ ।
आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ,बीएएसएलपी, बी पर्फ्युजन टेक्नोलोजीको परीक्षा बिहान परीक्षा चैत १८ गते ११ बजेदेखि हुनेछ ।
बीएएमएस, बीएनएस, बीएससी, एमएलटी, बएससी एमआईटी, बी फार्मा, बी अप्टोमेट्रि र बीपीटीको परीक्षा हुने र चैत २१ गते बीपीएचको परीक्षा हुनेछ ।
आयोगले परीक्षा केन्द्र उपत्यकामा मात्रै रहनेसमेत जानकारी गराएको छ । परीक्षार्थीको प्रवेशपत्र परीक्षा दिन पाँचदिन अघि अनलाइनमा उपलब्ध गराउने जनाएको छ ।
परीक्षार्थीले परीक्षा दिन आउँदा प्रवेशपत्रसँगै नागरिकता वा पासपोर्ट (अनलाइन आवेदनमा पेश गरे अनुसार) को सक्कलप्रति समेत ल्याउनुपर्ने समयतालिकामा उल्लेख छ ।
परीक्षार्थीहरू परीक्षा सञ्चालन हुनुभन्दा २ घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने र परीक्षा सुरु भएको १५ मिनेटपछि परीक्षाहलमा प्रवेश गर्न नपाउने जनाएको छ ।
















पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आइपिओ’ शेयर निस्कासन गर्ने
तेल वार्ताका लागि इन्डोनेसियाका राष्ट्रपति रुस जाँदै
चौतर्फी आलोचनापछि युट्युबर रोशन पोखरेल रिहा
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया