शुक्रबार, माघ ९, २०८२

आज यी स्थानमा वर्षा र हिमपात, सतर्कता अपनाउन आग्रह

मेरोन्यूज २०७८ फागुन २८ गते ६:४१

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । देशको गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च हिमाली भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महाशाखाले गर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा उच्च हिमाली भागका मानिसलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया