मिस्टर नेपालको अडिशन शुरु

काठमाडौं । मिस्टर नेपालको अडिशन आजबाट शुरु भएको छ । काठमाडौंबाट शुरु भएको अडिशन देशभर नै गर्ने पनि आयोजक मिस्टर नेपाल २०२२ का आयोजक रवि धमलाले बताए ।
शनिवार काठमाडौमा अडिशन शुभारम्भ कार्यक्रममा बोल्दै सरोकारवालाहरुले नेपालमा फेसन तथा मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने बताए ।
मिस्टर नेपाल २०२२ का आयोजक धमलाले फेसन तथा मनोरञ्जनका राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरे नेपाली ब्याबसायीलाई नै सहयोग पुग्ने बताए ।
कोभिडपछि खुल्दै गरेको बजार र ब्यावसायमा सरकारको सहयोग भए ब्यावसायीहरुको मनोबल उच्च हुने उनले बताए ।
उनले अन्य छिमेकी देशहरुमा राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यस किसिमका सहयोग सरकारबाट आउनु पर्ने उल्लेख गरे ।
आयोजक धमलाले मिस्टर नेपालले नेपाललाई विश्वभर चिनाउने र यस पटक मिस्टर नेपालले मिस्टर वल्र्डको बाटो खुला गरेको पनि बताए ।










आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया