रुसी सेनाले भन्यो : युक्रेनमा मानवीय अवस्था डर लाग्दो

काठमाडौँ । युक्रेनमा मानवीय अवस्था तीव्र रुपमा बिग्रदै गएसँगै धेरै शहरमा अवस्था डर लाग्दो भएको रुसी सेनाले दाबी गरेको छ । युक्रेनमाथि रुसी हमलाको १७ औँ दिन शनिबार ‘विशेष सैन्य कारबाही’का क्रममा रुसी सेनाले यस्तो दाबी गरेको हो ।
‘दुर्भाग्यवश युक्रेनमा मानवीय अवस्था निरन्तर तीव्र ढंगले बिग्रदै गएको छ, र केही शहरमा डर लाग्दो अवस्था देखिएको छ,’ रुसी राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रका प्रमुख मिखाइल मिजिन्तसेभले भने ।
युक्रेन राष्ट्रवादी आवासीय क्षेत्रमा बिस्फोटक पदार्थ बिच्छाएको र सडक तथा पुल जस्ता मुख्य पूर्वाधार भत्काइदिँदा सर्वसाधारण नागरिक विद्युत, पानी, खाद्यन्न र औषधिबाट बञ्चित भएको उनले बताए ।
दक्षिणपूर्वी बन्दरगाह शहर मारिओपोलमा डर लाग्दो मानवीय अवस्था विकास भएको भन्दै युक्रेनका राष्ट्रवादीहरुले घेरा हालेको सहरमा लाखौं मानिस फसेको उनले बताए । ‘विदेशीसहित लाखौं मानिसहरुलाई राष्ट्रवादीहरुले नियन्त्रणमा लिएका छन् ’, उनले भने ।
युक्रेनी सेनाले विभिन्न १६ देशका सात हजार नागरिकलाई बन्धक बनाएकोसमेत उनले दाबी गरे ।
















परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री बालेन
उपराष्ट्रपति जेडी भान्स फर्किए अमेरिका
‘एकै बैठकमा सम्झौता हुने अपेक्षा थिएन’ – इरान
यस्तो छ आज कृषिउपजको थोक मूल्य
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया