तनहुँ ऐनापहरा दुर्घटना ः मृतक तीनै जनाको पहिचान खुल्यो

तनहुँ । तनहुँको ऐनापहरा सडक दुर्घटनामा मृतक तीनै जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा टाटासुमो चालक जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ का ३६ बर्षीय ओमप्रकाश गुरुङ र ४५ बर्षीय लक्ष्मीकुमारी शाही रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए ।
७३ बर्षीय रुद्रबहादुर सेन ठकुरीको यसअगाडी नै पहिचान खुलेको थियो । तिनै जनाको उपचारको क्रममा चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको उनले बताए ।
आइतबार दिउँसो पृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा यात्रुवहाक बस र टाटासुमो एक आपसमा ठक्कर खादाँ दुर्घटना भएको हो ।
चितवनबाट पोखरातर्फ आउदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरित दिशाबाट गईरहेको ग ३ च ६०१२ नम्बरको टाटासुमो ठक्कर खाँदा १३ जना घाइते भएका थिए । टाटासुमो बससँग ठक्कर खाएर सडकबाट अन्दाजी पाँच मिटर तल खसेको थियो । टाटासुमोमा सवार नौ जना र बसमा सवार चार जना घाईते भएका हुन् ।
तिमध्य टाटासुमोमा सवार नौ जना घाईतेलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडकिल कलेज रिफर गरिएकोमा तीन जनाको भएको छ ।
बसमा सवार घाइते चार जनाको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ । उनीहरुको अवस्था सामान्य छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।













यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
महिला विश्वकप क्रिकेटमा नेपालको दाबेदारी
निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै आयोग पुग्याे देउवा पक्ष
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
प्रतिक्रिया