चीनमा कोरोना संक्रमण बढ्यो, दोस्रो सहरमा पनि लकडाउन

बेइजिङ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेपछि चीनको एक करोड ७० लाख जनसंख्या भएको शेनझेन सहरमा लकडाउन घोषणा गरिएको छ । शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दालाई २० मार्चसम्म घरभित्रै बस्न भनेको छ ।
उक्त अवधिसम्म सार्वजनिक सवारी साधन नचल्ने स्थानीय सरकारले जारी गरेको सूचनामा उल्लेख छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन निर्मूल गर्न चुनौती सामना गरिरहेका बेला सरकारले पछिल्लो प्रतिबन्ध लगाएको हो । पछिल्लो समयमा चीनमा कोभिड संक्रमण दर बढ्दो छ ।
‘यदि रोकथाम र नियन्त्रणलाई समयमै र निर्णायक रूपमा सशक्त बनाइएन भने यो सजिलै समुदायस्तरमा फैलिन सक्छ’, शेनजेनका स्वास्थ्य अधिकारी लिन ह्यान्चेङले भने ।
चीनभर संक्रमणमा वृद्धिले अधिकारीलाई सांघाईमा विद्यालय र उत्तरपूर्वी शहर बन्द गर्न बाध्य बनाएको छ । चीनका १८ ओटा प्रान्त ओमिक्रोन र डेल्टा भेरियन्टको क्लस्टरसँग जुधिरहेको छ । चीनमा सर्वप्रथम सन् २०१९ को अन्त्यतिर भाइरस देखिएको थियो । त्यसयता सरकारले शून्य–कोभिड नीति अंगिकार गर्दै आएको छ ।
यसअघि कोभिड संक्रमण बढेपछि उत्तरपूर्वी सहर चाङ्गचुनमा यसै साता लकडाउन घोषणा गरिएको थियो ।
















उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रतिक्रिया