सोमबार, वैशाख २८, २०८३

‘सबै नागरिकले सहज रुपमा न्याय नपाउँदा प्रधानन्याधिशलाई महाअभियोग लगाउँनु पर्‍यो’

मेरोन्यूज २०७८ फागुन ३० गते ११:१९

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै नागरिकले सहज रुपमा न्याय नपाउँदा प्रधानन्याधिशलाई महाअभियोग लगाउँनु परेको बताएका छन् ।

Advertisement
NiccNicc

सोमबार राजधानीको मिनभवनमा भएको घर घर जाऔं, कांग्रेस जिताऔं अभियान अन्तगर्तको आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले न्यायालय सुधारका लागि संविधान सम्वत् सुधारको प्रयास थालिएको बताए ।

न्यायालयको नेतृत्व असफल भएको उनको भनाइ छ । उनले कांग्रेस कार्यकर्ताहरुलाई जनताको घर घरमा पुगेर एमसीसीको विषयमा फैलाएको अनावश्यक भ्रम चिर्ने र नागरिका कुरा सुन्ने उनीहरुका सुझाव लिएर पार्टीमा जानकारी गराउँन समेत आग्रह गरे ।
गठबन्धन कांग्रेसको रहर नभइ परिस्थितिजन्य बाध्यता भएको भन्दै चुनावमा कसरी जाने भन्नेबारे पार्टीमा दुईथरि मत रहेको बताए । एक महिने अभियानबाट जनताले दिएको सुझावअनुसार कांग्रेसले यसबारे निर्णय गर्ने उनको भनाइ छ ।

उनलेभने,‘एमसीसी सरकारमा हुदाँ राष्ट्रहित सरकारबाट बाहिर जाँदा राष्ट्रघात देख्ने दलहरुकाकारण जनतालाइ अनावश्यक भ्रम सृजना भएको हो ।’

उनले भने एमसीसी राष्ट्रघाति नभएको प्रष्ट पारे ।

प्रतिक्रिया