स्थापनकाे दुई वर्षमा सुदूरपश्चिम प्रदेश लोकसेवाले बल्ल खोल्यो विज्ञापन

धनगढी,
सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले स्थापनाको करिब दुई वर्षपछि पहिलो पटक विज्ञापनमार्फत कर्मचारी माग गरेको छ । स्थायी पदपूर्ति गर्न आयोगले बुधबार कर्मचारी मागका लागि विज्ञापन प्रकाशित गरेको हो ।
आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो । आयोगले जनरल फरेष्ट्री खुलातर्फ ९२ जना माग गरेको छ । यसैगरी, २५ जना महिला, २० जना आदिवासी जनजाति, १६ जना मधेसी, सात जना दलित, चार जना अपाङ्ग, तीन जना पिछडिएको क्षेत्र गरी जम्मा एक सय ६७ पदका लागि विज्ञापन आह्वान गरेकाे प्रदेश लोकसेवा आयोगका कम्प्युटर अधिकृत वीरसिंह भण्डारीले बताए ।
आयोगले विभिन्न सेवाका क्षेत्रका लागि सहायक स्तर पाँचौ तहका प्राविधिक पदमा फागुनमा माग आकृति फाराम प्राप्त गर्ने, चैतमै प्रतिशत निर्धारण गर्ने र वैशाख दोस्रो बुधबार विज्ञापन खोल्ने तयारी गरेको छ ।
सहायक स्तर पाँचौ तहका प्राविधिक पदहरूतर्फ चैतमा माग आकृति फाराम प्राप्त गर्ने, बैशाखमा प्रतिशत निर्धारण गर्ने र जेठ दोस्रो बुधबार विज्ञापन खोल्ने कार्यतालिका रहेको कम्प्यूटर अधिकृत भण्डारीले बताए ।
















अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया