श्रीलंकामा आर्थिक संकटको असर : अस्पतालले रोक्यो शल्यक्रिया सेवा

काठमाडौं । स्वास्थ्य सुविधाको अभावमा श्रीलंकाको एउटा अस्पतालले शल्यक्रिया रोकेको छ । स्वास्थ्य सुविधा अभाव भएपछि क्यान्डीको पेराडेनिया अस्पतालमा शल्यक्रिया रोकिएको हो । अस्पतालले एक परिपत्र जारी गर्दै शल्यक्रिया रोक्नुको कारण उल्लेख गरेको छ ।
‘हाम्रो अस्पतालमा एनेस्थेसिया र शल्यक्रियाका लागि प्रयोग हुने धेरै औषधि र उपभोग्य वस्तुको अभाव छ । भर्ना भएका बिरामीको शल्यक्रियालगायतका सबै नियमित शल्यक्रियाहरू स्थगित गर्ने निर्णय भएको छ’, सोमबार अस्पतालले जारी गरेको परिपत्रमा भनिएको छ ।
अस्पतालका निर्देशकले औषधिको अभाव देखाउँदै सबै नियमित शल्यक्रियाहरू अस्थायी रूपमा रोकेको बताएका छन् ।
अस्पतालामा स्वास्थ्य सुविधाको अभावपछि भारतीय विदेशमन्त्री एस जयशंकरले मंगलबार श्रीलंकास्थित भारतीय कमिसनारलाई सो अस्पताललाई सहयोग गर्न अनुरोध गरेका छन् । जयशंकरले भारतीय उच्चायुक्त गोपाल बागलेलाई भारतले श्रीलंकालाई गर्न सक्ने सहयोगका उपायबारे छलफल गर्न आग्रह गरेका हुन् । एजेन्सीको सहयोगमा
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया