शुक्रबार, चैत २७, २०८२

आठ महिनादेखि चिकित्सकले पाएनन् तलब भत्ता

मेरोन्यूज २०७८ चैत १६ गते २०:१७
Set of doctors

काठमाडौँ । दमौली अस्पतालमा कार्यरत चिकित्सकले आठ महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् । अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म तलब भत्ता पाउन नसकेका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

तलब भत्ता नपाएको विषयमा चिकित्सकले यसअगाडि पनि पटकपटक अस्पताल व्यवस्थापन समितिको ध्यानाकर्षण गराए पनि चिकित्सकको तलबभत्ता भुक्तानी भएको छैन । नेपाल सरकारको छात्रवृत्तिअन्तर्गत करार सेवामा स्वास्थ्य सेवा विभागबाट कामकाज गर्न खटाई पठाइएका मेडिकल अधिकृत, नर्सिङ अधिकृतको तलब भत्ता भुक्तानी हुन् नसकेको र दमौली अस्पताल व्यवस्थापन समितिको आन्तरिक कोषबाट पनि तलब खुवाउन नसकेको हुँदा दैनिक कार्य गर्न कठिनाई भएको चिकित्सकले जनाएको छ ।

चिकित्सकले आज स्वास्थ्य सेवा विभागलाई ज्ञापनपत्र पठाई तलबभत्ताको आवश्यक व्यवस्था मिलाउन माग गरेका छन । अस्पतालमा कार्यरत डा. राजु रानामगर, डा. आस्था रेग्मी, डा. सिन्चन पाण्डे, डा. पूजा सैजु, डा. कृष्ण गिरी, डा. सञ्जिव भण्डारी, डा. सुनयन सुवेदी, डा. सुशील विक, डा. प्रशन्न कार्की, सिर्जना आले (नर्सिङ अधिकृत), सम्झना श्रेष्ठ (नर्सिङ अधिकृत), डा. सुप्रिया श्रेष्ठ र डा. अभिनन्दन तिवारीले सामूहिक रूपमा स्वास्थ्य सेवा विभागलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया