विगतका जनप्रतिनिधिलाई ‘सकभर′ नदोहोर्याउने माओवादीको निर्णय (परिपत्रसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तह निर्वाचनमा सकभर विगतका जनप्रतिनिधिलाई नदोहोर्याउने भएको छ । विशिष्ट परिस्थितीमा बाहेक सामान्यतयः विगतका प्रतिनिधिलाई नदोहोर्याउने गरी उम्मेदवार छनौट र सिफारिस गर्न माओवादीले मातहात पार्टी कमिटीलाई विशेष परिपत्र जारी गरेको छ ।
अध्यक्ष प्रचण्डले शुक्रबार पार्टी पंक्तिलाई परिपत्रमार्फत त्यस्तो निर्देशन गरेका हुन् । उनले उम्मेदवार छनौटको ६ बुँदे मापदण्ड बनाउन पनि पार्टीमा निर्देशन गरेका छन् ।
प्रचण्डले जारी गरेको सर्कुलरमा देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान भएका स्वच्छ छवि भएका तथा लोकप्रिय रहेकालाई उम्मेदवार छनौट र सिफारिस गर्न निर्देशन गरेका छन् ।
यस्ता छन् उम्मेदवार छनौट र सिफारिस गर्दा बनाइएका मापदण्ड
क) विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्याउने
ख) देश जनता पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने
ग) स्वच्छ छवि भएको हुनुपर्ने
घ) विजयको सम्भावना भएको लोाकप्रिय व्यक्ति छनौटमा ध्यान दिने
ङ) पार्टी अनुशसानप्रति निष्ठावान हुनुपर्ने
च) समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने

















आज सोमबार यी राशिहरूलाई मिल्न सक्छ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया