रणवीर कपुर र आलिया भट्ट विवाह गर्दै
अप्रिल १३ देखि १७ सम्म विवाह समारोह

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट विवाह बन्धनमा बाँधिने भएका छन् । पछिल्लो केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू विवाह गर्न लागेका हुन् ।
सन् २०१८ मा भएको अभिनेत्री सोनाम कपुर र आनन्द आहुजाको विवाह समारोहमा रणवीर र आलियाले आधिकारिक रूपमा आफ्नो प्रेमसम्बधबारे खुलासा गरेका थिए ।
पिङकभिल्लाकाअनुसार उनीहरूको विवाह समारोह यही १३ अप्रिलबाट सुरु भएर १७ अप्रिलसम्म हुने बताइएको छ । संगीत र मेहेन्दी समारोह पनि यसैबीच हुने बताइएको छ । कपुर र भट्ट परिवारका निकट स्रोतकाअनुसार यो मितिमा आफन्तहरूलाई समय मिलाउन उनीहरूले भनिसकेका छन् ।
विवाह समारोहमा अभिनेत्री आलियाले सेलिब्रेटी डिजाइनर मनिष मल्होत्रा र सब्यासाचीको डिजाइनर पहिरन लगाउनेछिन् । बलिउड इन्डस्ट्रीका लागि भने अप्रिलको अन्तिमतिर मात्रै पार्टि राख्ने बताइएको छ ।
रणवीर र आलियाको विवाह समारोह ऋषी कपुर र नितु कपुरको जस्तै चेम्बरको आरके हाउसमा हुँदैछ । आफ्नो आमाबुबाको जस्तै विवाह समारोह गर्ने रणवीरको इच्छा स्वरूप उनीहरूको विवाह आरके हाउसमा हुने तय भएको हो ।
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया