रणवीर कपुर र आलिया भट्ट विवाह गर्दै
अप्रिल १३ देखि १७ सम्म विवाह समारोह

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट विवाह बन्धनमा बाँधिने भएका छन् । पछिल्लो केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू विवाह गर्न लागेका हुन् ।
सन् २०१८ मा भएको अभिनेत्री सोनाम कपुर र आनन्द आहुजाको विवाह समारोहमा रणवीर र आलियाले आधिकारिक रूपमा आफ्नो प्रेमसम्बधबारे खुलासा गरेका थिए ।
पिङकभिल्लाकाअनुसार उनीहरूको विवाह समारोह यही १३ अप्रिलबाट सुरु भएर १७ अप्रिलसम्म हुने बताइएको छ । संगीत र मेहेन्दी समारोह पनि यसैबीच हुने बताइएको छ । कपुर र भट्ट परिवारका निकट स्रोतकाअनुसार यो मितिमा आफन्तहरूलाई समय मिलाउन उनीहरूले भनिसकेका छन् ।
विवाह समारोहमा अभिनेत्री आलियाले सेलिब्रेटी डिजाइनर मनिष मल्होत्रा र सब्यासाचीको डिजाइनर पहिरन लगाउनेछिन् । बलिउड इन्डस्ट्रीका लागि भने अप्रिलको अन्तिमतिर मात्रै पार्टि राख्ने बताइएको छ ।
रणवीर र आलियाको विवाह समारोह ऋषी कपुर र नितु कपुरको जस्तै चेम्बरको आरके हाउसमा हुँदैछ । आफ्नो आमाबुबाको जस्तै विवाह समारोह गर्ने रणवीरको इच्छा स्वरूप उनीहरूको विवाह आरके हाउसमा हुने तय भएको हो ।










सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण
न्युयोर्कका नवनिर्वाचित मेयर मम्दानीलाई भेट्दै ट्रम्प
अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, ताेलामा कति ?
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया