मंगलबार, पुष १५, २०८२

जम्मा १२ जनामा कोरोना संक्रमण पुष्टि

मेरोन्यूज २०७८ चैत २५ गते १६:५९

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर जम्मा १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ८९ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ । यस्तै हाल देशभर कूल संक्रिय संक्रमितको संख्या ६६९ रहेको छ ।

प्रतिक्रिया