युरोपेली युनियनले युक्रेनकाे किभबाटै कूटनीतिक गतिविधि पुनः सुरु गर्ने
मेरोन्यूज
२०७८ चैत २६ गते १२:२८

किभ । युक्रेनमा रुसी आक्रमणपछि अस्थायी रूपमा पोल्याण्डबाट गर्दै आएको आफ्ना कूटनीतिक कार्य पुनः राजधानी किभबाट गर्ने युरोपेली युनियनले जनाएको छ ।
ईयूको पछिल्लो कदमले युक्रेनी सरकारसँग ईयूको अन्तरक्रियालाई बढाउने र युक्रेनी नागरिकहरूलाई सहयोग गर्ने शीर्ष कूटनीतिज्ञ जोसेप बोरेलले विश्वास व्यक्त गरे ।
युक्रेनमा रुसले २४ फेब्रुवरीमा हमला गरेपछि केही पश्चिमा देशहरुले आफ्ना कूटनीतिक नियोग बन्द गरेर कर्मचारीलाई स्वदेश बोलाएका थिए ।
रुसले आफ्नो हमला पूर्वी युक्रेनमा केन्द्रित गरेको छ ।
यसैबीच, युक्रेनमाथि आक्रमण गरेको ४४ औँ दिन पुग्दा युद्धमा ठूलो क्षति बेहोरेको मस्कोले स्वीकार गरेको छ।
सम्बन्धित
















एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
चट्याङका कारण एक दशकमा हजार जनाभन्दा बढीको ज्यान गयो
फोटोन मोटर्स नेपालको इटहरीमा शोरुम उद्घाटन
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
प्रतिक्रिया