मंगलबार, माघ १३, २०८२

पोखरीमा डुबेर बालकको मृत्यु

मेरोन्यूज २०७८ चैत २८ गते २०:०४

काठमाडौँ । सप्तरीको राजगढ गाउँपालिका ४ स्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका २ सिमराहा बस्ने इन्द्रदेव यादवको आठ वर्षका छोरा देवराजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै मामाघर राजगढ आएको बेला सार्वजनिक पोखरीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया