श्रीलंकामा आर्थिक संकटका कारण औषधि अभाव

काठमाडौँ । श्रीलंकामा चरम आर्थिक संकटका कारण औषधि अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अधिकारीहरूले विरामीलाई अत्यावश्यक पर्ने कतिपय औषधिको अभाव हुन थालिसकेकाले तत्काल व्यवस्था गर्न आग्रह गरेका हुन् । सरकारी अस्पतालहरूमा उपकरणको समेत अभाव भएको उनीको भनाइ छ ।
अत्यावश्यक औषधि तथा उपकरण छिमेकी तथा सहयोगी मुलुकहरूसँग तत्काल माग्नु पर्नेमा पनि उनीहरूले जोड दिएका छन् ।
दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक संकटका कारण केही हप्तादेखि धेरै चिजको अभाव भइरहेको छ भने मूल्य वृद्धि पनि अत्यधिक भएको छ ।
अभाव र मूल्य वृद्धिको विरोधमा नागरिक आन्दोलन सुरु भएपछि राजनीतिक संकट पनि थपिएको छ । तत्कालिन सबै मन्त्रीले राजीनामा दिएपछि अहिले केही नयाँ मन्त्री नियुक्त गरेर सरकार सञ्चालन भइरहे पनि प्रभावकारी काम हुन सकेको छैन ।
सरकारले समस्या समाधान गर्न ठोक कदम चाल्न नसकेको भन्दै सर्वत्र आलोचनासमेत भइरहेको छ ।
















पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
अमेरिका र इरानबीच बढ्दो तनावबीच पाकिस्तान किन बन्यो मध्यस्थकर्ता ?
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रतिक्रिया