प्रदेश १ मा चार लाख बालिबालिकालाई ‘भिटामिन ए’ खुवाउने

काठमाडौँ । प्रदेश १ मा दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरिएको हो ।
६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई आज र भोलि दुई दिन भिटामिन ए औषधि खुवाउने कार्य शुरु गरिएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार प्रदेशका १४ जिल्लामा ६ महिनादेखि पाँच वर्षमुनिका चार लाख पाँच हजार ७५५ बालवालिकाकालाई भिटाभिन ‘ए’ औषधि र एक वर्षदेखि पाँच वर्ष मुनिका तीन लाख ६१ हजार ९४७ बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।
त्यस्तै, ६ महिनादेखि २३ महिनासम्मका एक लाख ३१ हजार ६०५ बालबालिकालाई पोषक तत्व वितरण र ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई पोषण लेखाजोखा मापन गरिने उनले जानकारी दिए ।
यसैगरी मोरङ जिल्लामा छ महिनादेखि पाँच वर्षमुनिका ८४ हजार २५ बालवालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने जनस्वास्थ्य कार्यालय मोरङका निरीक्षक अपोलो भगतले जानकारी दिए । जिल्लाका १७ पालिकामा यसलाई अभियानकै रुपमा सञ्चालन गरिने बताइएको छ ।
जिल्लामा ७५० महिला स्वयसेविकाले पालिकाका वडावडामा रहेका केन्द्रमा बालबालिकालाई औषधि खुवाउने उनले जानकारी दिए । भिटामिन ‘ए’ खुवाउने कार्य नियमित राष्ट्रिय कार्यक्रमअन्तर्गत प्रत्येक ६÷६ महिना गरिन्छ । यसअघि गत कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाउने कार्य सम्पन्न भएको थियो ।













कञ्चनपुरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ब्ल्याक स्पोट’ बोर्ड
शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा
PM extends greetings of Tamu Lhosar, Maipru Naku
शंकर पोखरेलको प्रश्न : गैरदलीय सरकारका मन्त्री पार्टी उपसभापति बन्नु कति उचित हो ?
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया