डब्लूएचओका महानिर्देशक आज नेपाल आउँदै, यस्ता छन् कार्यक्रम ?
मेरोन्यूज
२०७९ वैशाख ८ गते ६:२७

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी आज अपराह्न १२ः२५ बजे नेपाल आउन लागेका हुन् ।उनको नेपाल भ्रमण वैशाख ८ देखि १० गतेसम्म हुने छ ।
तीनदिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । सरकारका उच्च अधिकारीसहित डब्लूएचओका नेपालस्थित प्रतिनिधि र संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ । भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ ।
सम्बन्धित













कांग्रेसले अहिलेसम्म किन बुझाउन सकेन समानुपातिक उम्मेदवारको बन्दसूची ?
अहिलेसम्म ३१ दलले मात्रै बुझाए समानुपातिकको बन्दसूची
रवि, बालेन र कुलमानबीच के के सहमति भए ?
गुरुङ समुदायमा आज तमु ल्होसार पर्व मनाइँदै
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया