बुधबार, माघ १४, २०८२

काभ्रेको बेथानचोकमा गठबन्धनबाट भगवान अधिकारी अध्यक्षको उम्मेदवार

मेरोन्यूज २०७९ वैशाख १२ गते १३:४३

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिकाको अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका भगवान अधिकारी उम्मेदवार बनेका छन्। काभ्रे जिल्ला कार्यसमितिको बैठकले अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। अधिकारीले आजै उम्मेदवारी दर्ता गरेका छन् । उनी नेपाल विद्यार्थी संघको पूर्वकेन्द्रीय सदस्य तथा काभ्रेका पूर्वजिल्ला अध्यक्ष समेत हुन ।

काभ्रेका १३ स्थानीय तहमध्ये ७ पालिकामा कांग्रेस, ४ पालिकामा माओवादी केन्द्र र दुईवटा पालिकामा एकिकृत समाजवादीले प्रमुख पद पाउनेगरी गठबन्धनमा सहमति भएको थियो।

प्रतिक्रिया