बागलुङमा पुरानै उमेदवार आमने- सामने भिड्दै

बागलुङ । सत्तासाझेदार दलका साझा उमेदवार वसन्तकुमार श्रेष्ठले यसपटकको चुनावमा पनि बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का जनकराज पौडेलको सामना गर्नुपर्ने भएको छ ।
वि.सं. २०७४ को चुनावमा दुई हजार २९५ मतले श्रेष्ठलाई पछि पार्दै पौडेल प्रमुखमा विजयी बनेका थिए । पौडेलले ११ हजार ६१४ र श्रेष्ठले नौ हजार ३१९ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसले पुनः श्रेष्ठ र एमालेले पौडेललाई उमेदवार बनाएपछि पुरानै प्रतिद्वन्द्वी आमने–सामने भएका हुन् ।
पाँचदलीय गठबन्धनका तर्फबाट श्रेष्ठ अघि बेका हुन् भने एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर पौडेललाई चुनावी मैदानमा उतारेको हो ।
वि.सं. २०७४ को चुनावमा बागलुङ नगरपालिकामा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रपाले गठबन्धन गरेका थिए । कांग्रेस एक्लै चुनावमा होमिएको थियो । यो चुनावमा कांग्रेससँग नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको तालमेल छ ।
सत्ता गठबन्धनका तर्फबाट उपप्रमुखमा माओवादी केन्द्रका राजु खड्का र एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका सञ्जय खड्काको उमेदवारी परेको छ । वि.सं. २०७४ को चुनावमा एमाले–राजमो–राप्रपा गठबन्धनबाट राप्रपाका सुरेन्द्र खड्का उपप्रमुखमा विजयी भएका थिए ।
सोही गठबन्धनले नगरका ११ वडामा जित निकालेको थियो भने कांग्रेस जम्मा तीनवटा वडामा मात्र विजयी बनेको थियो । अहिले वडामा पनि गठबन्धन दल र एमालेका उमेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका दलले वडा तहसम्मै तालमेल गरेर चुनाव लड्दै छन् ।
जिल्लाका अरू स्थानीय तहमा पनि कतिपय दलले पहिलेकै प्रमुखरअध्यक्षलाई पुनः उमेदवारमा दोहोर्याएका छन् । ०७४ को चुनावमा पराजित भएका पनि फेरि उमेदवार बनेका छन् ।
कांग्रेसले गलकोट नगरपालिकाको प्रमुखमा यसअघि प्रमुख रहेका भरत शर्मा गैरेलाई फेरि उमेदवार बनाएको छ । यस्तै, तमानखोला गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर जोकलाल बुढा पुनः कांग्रेसको तर्फबाट अध्यक्षको उमेदवार बनेका छन् ।
एमालेले पनि बागलुङ र ढोरपाटन नगरपालिकामा पुरानै अनुहारलाई ल्याएको छ । ढोरपाटन नगरपालिकाको प्रमुख भइसकेका देवकुमार नेपाली यो चुनावमा पनि एमालेको तर्फबाट प्रमुखमा प्रतिस्पर्धा गर्दै छन् ।
गत चुनावमा बडिगाड गाउँपालिकाको अध्यक्षमा एमालेका उमेदवारसँग पराजित कांग्रेसकी गण्डकी थापा अधिकारी अहिले गठबन्धनका तर्फबाट अध्यक्षको साझा उमेदवारका रूपमा चुनावी मैदानमा छन् ।
राष्ट्रिय जनमोर्चाले पनि बरेङ गाउँपालिकाको अध्यक्षमा पुनः कृष्ण पौडेललाई अघि सारेको छ । गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर उनी गठबन्धनका तर्फबाट साझा उमेदवार बनेका हुन् । रासस
















एकै दिन दुईवटा अमेरिकी युद्धविमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
एमाले संसदीय दलको नेतामा सुहाङ नेम्वाङको दाबी
प्रतिक्रिया