बागलुङमा पुरानै उमेदवार आमने- सामने भिड्दै

बागलुङ । सत्तासाझेदार दलका साझा उमेदवार वसन्तकुमार श्रेष्ठले यसपटकको चुनावमा पनि बागलुङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का जनकराज पौडेलको सामना गर्नुपर्ने भएको छ ।
वि.सं. २०७४ को चुनावमा दुई हजार २९५ मतले श्रेष्ठलाई पछि पार्दै पौडेल प्रमुखमा विजयी बनेका थिए । पौडेलले ११ हजार ६१४ र श्रेष्ठले नौ हजार ३१९ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसले पुनः श्रेष्ठ र एमालेले पौडेललाई उमेदवार बनाएपछि पुरानै प्रतिद्वन्द्वी आमने–सामने भएका हुन् ।
पाँचदलीय गठबन्धनका तर्फबाट श्रेष्ठ अघि बेका हुन् भने एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेर पौडेललाई चुनावी मैदानमा उतारेको हो ।
वि.सं. २०७४ को चुनावमा बागलुङ नगरपालिकामा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रपाले गठबन्धन गरेका थिए । कांग्रेस एक्लै चुनावमा होमिएको थियो । यो चुनावमा कांग्रेससँग नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको तालमेल छ ।
सत्ता गठबन्धनका तर्फबाट उपप्रमुखमा माओवादी केन्द्रका राजु खड्का र एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका सञ्जय खड्काको उमेदवारी परेको छ । वि.सं. २०७४ को चुनावमा एमाले–राजमो–राप्रपा गठबन्धनबाट राप्रपाका सुरेन्द्र खड्का उपप्रमुखमा विजयी भएका थिए ।
सोही गठबन्धनले नगरका ११ वडामा जित निकालेको थियो भने कांग्रेस जम्मा तीनवटा वडामा मात्र विजयी बनेको थियो । अहिले वडामा पनि गठबन्धन दल र एमालेका उमेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका दलले वडा तहसम्मै तालमेल गरेर चुनाव लड्दै छन् ।
जिल्लाका अरू स्थानीय तहमा पनि कतिपय दलले पहिलेकै प्रमुखरअध्यक्षलाई पुनः उमेदवारमा दोहोर्याएका छन् । ०७४ को चुनावमा पराजित भएका पनि फेरि उमेदवार बनेका छन् ।
कांग्रेसले गलकोट नगरपालिकाको प्रमुखमा यसअघि प्रमुख रहेका भरत शर्मा गैरेलाई फेरि उमेदवार बनाएको छ । यस्तै, तमानखोला गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर जोकलाल बुढा पुनः कांग्रेसको तर्फबाट अध्यक्षको उमेदवार बनेका छन् ।
एमालेले पनि बागलुङ र ढोरपाटन नगरपालिकामा पुरानै अनुहारलाई ल्याएको छ । ढोरपाटन नगरपालिकाको प्रमुख भइसकेका देवकुमार नेपाली यो चुनावमा पनि एमालेको तर्फबाट प्रमुखमा प्रतिस्पर्धा गर्दै छन् ।
गत चुनावमा बडिगाड गाउँपालिकाको अध्यक्षमा एमालेका उमेदवारसँग पराजित कांग्रेसकी गण्डकी थापा अधिकारी अहिले गठबन्धनका तर्फबाट अध्यक्षको साझा उमेदवारका रूपमा चुनावी मैदानमा छन् ।
राष्ट्रिय जनमोर्चाले पनि बरेङ गाउँपालिकाको अध्यक्षमा पुनः कृष्ण पौडेललाई अघि सारेको छ । गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर उनी गठबन्धनका तर्फबाट साझा उमेदवार बनेका हुन् । रासस
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
प्रतिक्रिया