बिहीबार, माघ १५, २०८२

सिर्जना सिंहलाई प्रधानमन्त्री पत्नी राणाको साथ

मेरोन्यूज २०७९ वैशाख १३ गते १५:५९

काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएकी सिर्जना सिंहलाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले जित शुभकामना दिएकी छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धनको तर्फबाट सिंहले काठमाडौँको मेयरमा उम्मेदवारी दिएकी छन् । काठमाडौँमा आयोजित महिला भेटघाट कार्यक्रममा उपस्थित भएकी राणाले सिंहलाई मेयर पदका लागि अग्रिम बधाई दिएकी हुन् ।

काठमाडौँका सबै वडाका महिलाहरूले आज एक कार्यक्रम आयोजना गरी काठमाडौँ महानगरको नेतृत्वका लागि उम्मदेवारी दिएकी सिंहलाई अग्रिम जितको शुभकामना दिएका थिए । मेयरकी उम्मेदवार सिंह नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।

प्रतिक्रिया