५२० जनप्रतिनिधिका लागि २२ सय उम्मेदवारी दर्ता
दाङ । स्थानीय तह निर्वाचनका लागि दाङमा पाँच सय २० पदमा जनप्रतिनिधि चुनिने छन् । जिल्लाका १० पालिका, एक सय वडाबाट पाँच सय २० जना निर्वाचित हुने भएका हुन् ।
तर, जनप्रतिनिधि बन्न दाङमा दुई हजार एक सय जनाले उमेदवारी मनोनयन गराएका छन् । दुई उपमहानगरसहित १० पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र एक सय वडाध्यक्ष र सदस्य पदका लागि जिल्लाका दुई हजार १९१ जनाको उमेदवारी परेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
विवरणअनुसार दुई उपमहानगरसहित १० पालिकाका अध्यक्ष तथा प्रमुखका लागि ८३ जनाको उमेदवारी दिएका छन् । यस्तै, उपप्रमुख तथा उपाध्यक्षका लागि ५९ जनाको उमेदवारी मनोनयन गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
यस्तै, सय वडाका लागि पाँच सय १९ जनाको वडाध्यक्षमा उमेदवारी परेको छ । यसैगरी खुल्ला सदस्यमा ७१७, महिला सदस्यमा तीन सय ८१, महिला दलित सदस्यमा तीन सय ५२ जनाको उमेदवारी मनोनयन गरिएको छ ।
दाङमा प्रमुख, उप्रमुख, अध्यक्ष उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्या, महिला दलित सदस्य, खुल्ला सदस्य गरी पाँच सय २० पदका लागि चार गुणा बढी उमेदवारी परेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिए । घोराहीमा ४४०, तुलसीपुरमा ४९९, दंगिशरणमा १५६, बंगलाचुलीमा ११५ जनाको उमेदवारी परेको छ ।
यस्तै बबईमा १५७, राजपुरमा १८८, राप्तीमा २३३, लमहीमा १४७, शान्तिनगरमा १३६ र गढवामा १२० जनाको उमेदवारी परेको छ । देशभरका स्थानीय तहमा जनप्रतिनिधि बन्न चाहने आकांक्षीले उम्मेद्वारी दर्ता गराएका छन् ।
ठूला दलको तर्फबाट चुनावी मैदानमा रहेकाले दलबलसहित निर्वाचन आयोग तथा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया