सोमबार, पुष १४, २०८२

थप १४ जनामा मात्रै कोरोना पुष्टि

मेरोन्यूज २०७९ वैशाख १६ गते १६:०१

काठमाडौँ । आज देशभर थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ७७१ जनामा परीक्षण हुँदा १४ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोही अवधिमा १९ जना संक्रमण मुक्त भएका छन् । आज कोरोनाबाट कसैको मृत्यु भएको छैन । हाल नेपालमा दुई सय ४३ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया