बुधबार, माघ ७, २०८२

सशस्त्रमा नयाँ आईजीपीको नियुक्ति रोकियो

मेरोन्यूज २०७९ वैशाख १८ गते १४:४७

काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ)मा नयाँ आईजीपीको नियुक्ति रोकिएको छ ।

एक मन्त्रीका अनुसार गृह मन्त्रालयले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) राजु अर्यालको एकल प्रस्ताव आजको मन्त्रिपरिषद्मा लगेको थियो ।

तर, प्राविधिक कारण भन्दै सोसम्बन्धी निर्णय आजको बैठकमा नभएको एक मन्त्रीले जानकारी दिए । आज राति १२ बजेबाट सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसी सेवा अवधिका कारण अवकाशमा जाँदै छन् ।

स्रोतका अनुसार रिक्त रहने दुई एआईजीमा बढुवापछि मात्रै आईजीपी नियुक्तिको चलखेल भइरहेको छ ।

यो पनि:-

सशस्त्रमा सेवा अवधि ३२ वर्षे बनाउने चलखेल !

को बन्लान् सशस्त्र प्रहरीको नयाँ आइजीपी ?

सशस्त्रको सेवा अवधि नबढ्ने संकेतः गृहमन्त्री खाँणलाई ढाँटे कर्णालीका डीआईजीले

प्रतिक्रिया