शुक्रबार, माघ १६, २०८२

भोटमाग्न गएका गाँउपालिका अध्यक्षका उम्मेदवारलाई स्थानीयले लखाटेपछि…

मेरोन्यूज २०७९ वैशाख २१ गते १६:५२

काठमाडौं । नेकपा एमालेकाबाट धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका अध्यक्षका उम्मेदवार प्रेमनाथ सिलवाल लखेटिएका छन् । मंगलबार राती घर दैलो कार्यक्रममा गाउँ छिरेका उनलाई स्थानीय जनताले लखेटेका हुन् ।

प्रेमनाथसँग नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटी सचिव रामहरी बराकोटी लगाएतको टोली वडा नम्बर ४ स्थित फागफुक पुगेका थिए ।

उनीहरुले फागफुकमा रहेका वडा नमबर ४ का वडा सदस्यका उम्मेदवार तेजराज पुरी (जीवन) स्थानिय शिक्षक लोकबहादुर दर्लामी, नेकपा एकीकृत समाजवादीका गाउँपालिका उपाध्यक्ष नारायण पुरी लगायत लाई आर्थिक प्रलोभन देखाउन थालेपछी उनीहरुसङ्ग बिबाद भएको थियो ।

तर सिलवालले भने घरदैलो गर्न जाँदा गलत आरोप लगाएर स्थानीयले लखेटेको बताएका छन् । उनले भने, ‘ घदैलो गर्न जाँदा फटाहाहरुले आफूमाथि गलत आरोप लगाएका हुन् ।’

प्रतिक्रिया