जुम्लामा सुख्खा पहिरो : दुई बालकको मृत्यु, एक महिला घाइते

जुम्ला । जुम्लाको तिलागाउँपालिका- २ मा पहिरो जाँदा दुई बालकको मृत्यु भएको छ । पहिरोमा एक महिला घाइते भएकी छन् ।
तिला २ को डण्डेलीमा नयाँ घर निर्माणका लागी खनेको जगमाथिबाट सुख्खा पहिरो खस्दा तीन वर्षका शिशिर बोहरा र तीन वर्षकै हिमेश रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै रण बहादुर बोहराको नयाँ घर निर्माणका लागि जम्मा गरिराखेको माटोको ढिस्कोमा पुरिएको उनीहरूको ज्यान गएको हो ।
बोहराकी श्रीमती लक्ष्मी बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले बताए । उनका अनुसार घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
मृतक दुवै बालबालिकालाई पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको छ । लक्ष्मी बोहरा घरनिमार्णको काम गर्दै गर्दा मृतक दुई बालक खेल्ने गएको हुन सक्ने प्रहरीले बताएको छ । प्रहरीका अनुसार दिउँसो साढे दुई बजे तिर सुख्खा पहिरो गएको हो ।
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया