स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

काठमाडौं । जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् । पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा रु २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यसवर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए ।
बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई पनि स्याउको बिरुवा बिक्री नहुँदा समस्या भएको छ । “नौ हजार बिरुवा उत्पादन गरे, हालसम्म एउटा पनि बिक्री भएन”, उनले भने । कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीका अनुसार जिल्लाभरि ११० स्याउका नर्सरी दर्ता छन् । केही किसानले दर्ता नगरेरै पनि नर्सरीमा स्याउका बिरुवा उत्पादन गरिरहेका छन् । अधिकांश किसानले उत्पादन गरेको बिरुवा बिक्री हुन नसकेको उनी बताउँछन् ।
यसअघि जिल्लामा उत्पादित स्याउका बिरुवा मुगु, बझाङ, बाजुरा, डोल्पा, अछाम, हुम्लालगायत जिल्लामा बिक्री गर्ने गरिएको थियो । जुम्लामा तीन हजार ४५० हेक्टरमा स्याउ खेती भइरहेको छ ।
















ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया