स्याउका बिरुवा बिक्री नहुँदा जलाएर नष्ट

काठमाडौं । जुम्लामा स्याउका बिरुवा बिक्री नहुँदा किसानले जलाएर नष्ट गरेका छन् । पातारासी गाउँपालिका–६ का खड्कबहादुर बुढा २०५७ सालदेखि स्याउको बेर्ना उत्पादन गर्दै आएका छन् । बिरुवा बेचेरै वर्षमा रु २४ लाखसम्म आम्दानी गरेको उनको अनुभव छ । यसवर्ष बिरुवा बिक्री नभएपछि झण्डै ६ हजार बिरुवा उखेलेर जलाएको बुढाले बताए ।
बुढालाई जस्तै तातोपानी गाउँपालिकाका जीवलाल न्यौपानेलाई पनि स्याउको बिरुवा बिक्री नहुँदा समस्या भएको छ । “नौ हजार बिरुवा उत्पादन गरे, हालसम्म एउटा पनि बिक्री भएन”, उनले भने । कृषि विकास कार्यालयका निमित्त प्रमुख गणेश अधिकारीका अनुसार जिल्लाभरि ११० स्याउका नर्सरी दर्ता छन् । केही किसानले दर्ता नगरेरै पनि नर्सरीमा स्याउका बिरुवा उत्पादन गरिरहेका छन् । अधिकांश किसानले उत्पादन गरेको बिरुवा बिक्री हुन नसकेको उनी बताउँछन् ।
यसअघि जिल्लामा उत्पादित स्याउका बिरुवा मुगु, बझाङ, बाजुरा, डोल्पा, अछाम, हुम्लालगायत जिल्लामा बिक्री गर्ने गरिएको थियो । जुम्लामा तीन हजार ४५० हेक्टरमा स्याउ खेती भइरहेको छ ।
















आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
सशस्त्र प्रहरीले पन्छायो मुक्तिनाथ मन्दिरको हिउँ
सुदूरपश्चिम प्रदेश : चुनावी सरगर्मी बढ्दै
कांग्रेस, एमाले र जनमत पार्टीका सयौं नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया