बुधबार, माघ ७, २०८२

सशस्त्रका डीआईजी पौडेल एआईजीमा बढुवा सिफारिस 

मेरोन्यूज २०७९ वैशाख २१ गते २१:५०

काठमाडौं । सशस्त्र प्रहरी बलका डीआईजी नारायण दत्त पौडैल एआईजी बढुवाका लागि  सिफारिस भएका छन्  । सशस्त्रमा रिक्त दुई एआईजी पदमा एक जनाको मात्र बढुवा सिफारिस भएको हो ।

वरियतामा अघि रहेका डीआईजी पौडेल एआईजीमा बढुवा सिफारीस भएका हुन् ।

गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले पौडेललाई एआईजीमा बढुवा सिफारिस गरेको सूचना बलको मुख्यालयले सार्वजनिक गरेको छ । बढुवाका लागि चार जना डिआईजीले आवेदन दिएका थिए । 


डीआईजी पौडेलसहित चन्द्रप्रकाश (सीपी) गौतम, वंशीराज दाहाल र किशोर प्रधानले एआईजी बढुवाका लागि आवेदन दिएका थिए ।

प्रतिक्रिया