रेणुलाई कुनै हालतमा भोट हाल्नु : प्रधानमन्त्री देउवा
गठबन्धन कांग्रेसका ८२ प्रतिशत नेता कार्यकर्ताले अनुमोदन गरेका छन्

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा रेणु दाहाललाई जिताउन कांग्रेसका नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । भरतपुरमा आयोजित आमसभामा बोल्दै उनले गठबन्धनको मेयरकी उम्मेदवार रेणुलाई भोट दिन निर्देशन दिएका हुन् ।
‘गठबन्धनलाई दुई तिहाई भोटले जिताउनु, मेचीदेखि महाकालीसम्मका कांग्रेसका साथीहरूले गठबन्धनलाई विश्वास लिएर गठबन्धनमा भोट दिनु,’ कांग्रेसका सभापतिसमेत रहेका देउवाले भने, ‘रेणु दाहाललाई कुनै पनि हालतमा भोट हाल्नु पर्छ ।’
प्रधानमन्त्री देउवाले कुनै एउटा पार्टीले देश बनाउन नसक्ने भन्दै देश बनाउन गठबन्धन आवश्यक रहेको बताए । उनले भने, ‘कुनै एउटा पार्टीले देश बनाउन सक्दैन, गठबन्धन आवश्यक छ, कसैले बहुमत ल्याउन सक्दैन ।’
उनले भरतपुरमा रेणुले गरेको कामको प्रशंसा गरेका थिए ।
कांग्रेसका चितवनका पूर्वा जिल्ला सभापति लगायतको साथमा कांग्रेसकै पूर्वा सांसद जगन्नाथ पौडेलले बागीमा उम्मेदवारी दिएका थिए । कांग्रेसले उनको सदस्यता खोसिसकेको छ । बागी उम्मेदवारी दिएका र गठबन्धन गरेकोमा विरोध गरिरहेका कांग्रेसका नेताहरुलाई पनि प्रधानमन्त्री देउवाले चितवनको चुनावी सभाबाटै जवाफ दिएका हुन् ।
गठबन्धनप्रति कांग्रेसका ८२ प्रतिशत ले साथ दिएको र अनुमोदन गरेको प्रधानमन्त्री देउवाको भनाई थियो ।
‘यो गठबन्धनप्रति जनताको विश्वास भएकै कारणले होला ८२ प्रतिशत साथीहरूले मलाई पार्टीको सभापति बनाएका होलान् नि । कांग्रेसको साथीहरू गठबन्धनको विरोधमा भएको भए मलाई हराइहाल्थे नि’ प्रधानमन्त्री देउवाले भने ।
त्यसपछि पनि उनले फेरि दोहोरयाएर चितवनको भरतपुरमा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई मेयरमा हसियाँ अथौडामा भोट हाल्न निर्देशन गरेका थिए ।
















बालेनको चुनावी प्रचारमा गएका सिटौला बेहोस, हेलिकप्टरबाट ल्याइयाे काठमाडौं
मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
5 terrorists killed in security operation in NW Pakistan
Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया