शनिबार, माघ १७, २०८२

श्रीमती कुटपिट गरी घाइते बनाउने तन्डुकार मृत फेला

मेरोन्यूज २०७९ वैशाख २३ गते २१:४१

काठमाडौँ । मादक पदार्थ सेवन गरी श्रीमतीलाई कुटपिट गरी घाइते बनाउने काजिमान तन्डुकारको मृत्यु भएको छ ।

बढैयाताल गाउँपालिका ८ शितला बजारका तन्डुकार अचेत अवस्थामा फेला परेपछि उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

श्रीमतीलाई कुटपिट गर्ने तन्डुकारको खोजतलास गर्ने क्रममा घरभन्दा १५० मिटर टाढा अचेत अवस्थामा पल्टिएको फेला परेका उनलाई उपचारको लागि बर्दिया अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

कुटपिटबाट घाइते भएकी बीरमाया तन्डुकारको आरके मेडिकल शितलाबजारमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज नर्सिङ होममा पठाइएका छ ।

प्रतिक्रिया