खोटाङका दलित महिला वडा सदस्यको मृत्यु
मेरोन्यूज
२०७९ वैशाख २४ गते १०:२८

खोटाङ । खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु भएको छ । रक्तचापको समस्याले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको मृत्यु भएको हो ।
उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिईन् । रक्तचापले बेहोस अवस्थामा स्वास्थ्य संस्थामा पुर्याएलगत्तै परियारको मृत्यु भएको एमाले हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिए ।
२०३० सालमा जन्मिएकी परियार एमाले नगर कमिटी सदस्य तथा अनेमसंघ जिल्ला कमिटी सदस्य थिईन् । उनका श्रीमानसहित तीन छोरा र दुई छोरी छन् ।
सम्बन्धित
















शुक्रबारदेखि मौसम बदली, यी स्थानमा वर्षा र हिमपात
बाँकेमा उम्मेदवारविरुद्ध परेन उजुरी
काराेबारसँगै बढ्यो सेयर बजार
जाँचबुझ आयोगको समय २० दिन थप
झापाका ९५ मतदानस्थल अति संवेदनशील
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया