बुटवल एमालेका मेयर उम्मेदवारकी श्रीमतीले प्रहरी नियन्त्रणमा

काठमाडौँ । बुटवल उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती मौन अवधिमा मतदाता प्रभावित गर्न गएको अवस्थामा पक्राउ परेकी छन् ।
बुटवल उपमहानगर ११ टपमजुवामा सिर्जना भुसालको घरमा उपमहानगर प्रमुखमा एमालेका उम्मेदवार भट्टराईकी श्रीमती मायादेवीलाई फेला पारेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।
‘प्रहरीले मायादेवीलाई बुटवल ११ टपमझुवामा भुसालको घरमा फेला पारेको हो,’ उपरीक्षक रेग्मीले भने, ‘उहाँले आफन्तको घरमा आएको बताउनु भएको छ, तर अन्य पार्टीका नेता कार्यकर्ताले मौन अवधिमा मतदाता प्रभावित पार्न आएको बताइरहनु भएको छ, प्रहरीले खानतलासी गर्दै छ ।’
मायादेवी भेटिएको सुकुम्बासी बस्तीको टहरामा हो । सुकुम्बासी बस्तीमा मतदातालाई प्रभावित पार्न पैसा बाड्न गएको आरोप कांग्रेसले लगाएको छ ।
‘सुकुम्बासी बस्तीका टहरामा के आफन्त मतदाता प्रभावित पार्न गएकी हुन्,’ कांग्रेसका एक नेताले भने । अहिले टपमझुवामा कांग्रेस र एमाले कार्यकर्ता जम्मा भएकाले केही असहजता भइरहेको प्रहरीले बताएको छ ।
अहिले प्रहरीले खानतलासी गरिरहेको र यो अनुसन्धान सकिएपछि मात्रै उम्मेदवारकी श्रीमती किन आएको भन्न सकिने उपरीक्षक रेग्मीले बताए ।
















HoR elections: Inundation in monsoon, water shortage during winter main concern of Mahottari-2 voters
बलोचिस्तानमा पाकिस्तान सेनाको अपरेशन जारी,९२ आतङ्कवादी मारिए
पत्रकार दिनेश सिटौलाको निधन
महिला टी २० विश्वकप छनोट : आयरल्यान्डसँग थाइल्यान्ड पराजित
4 killed, 27 injured in road accident in E. Pakistan
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया