आइतबार, माघ १८, २०८२

एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालद्वारा मतदान

मेरोन्यूज २०७९ वैशाख ३० गते ९:०७

रौतहट । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भईसकेको छ । देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछन ।

६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्ठानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिध चयन गर्न आज मतदान हुँदैछ ।

कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा भने आज मतदान हुनेछैन । उम्मेदवारको मृत्यु भएका कारण ती ठाउँमा छुट्टै मिति तय गरी निर्वाचन प्रकृया सुरु गरएको छ । ती ठाउँमा केही दिनपछि मात्रै मतदान हुनेछ ।

यसपटक मतदान गर्ने योग्य व्यक्ति एक करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष छन् भने ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् ।

प्रतिक्रिया