काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधन होल्डमा
मेरोन्यूज
२०७९ वैशाख ३० गते १३:३५

काठमाडौं । ट्राफिक प्रहरीले आज निर्वाचनको दिन काठमाडौं उपत्यकामा सवारी पास बिना चलाइएका २५८ वटा सवारी साधनलाई होल्डमा राखेको छ ।
उपत्यकाको विभिन्न स्थानमा होल्डमा राखिएका सवारी साधनमा २३६ वटा दुईपाङ्ग्रे र २२ वटा चारपाङ्ग्रे रहेका छन् ।
काठमाण्डौ उपत्यका लगायत देशैभर आज अत्यावश्यक तथा पास लिएका सवारी साधन मात्र सञ्चालन भइरहेका छन् । आज स्थानीय तहको मतदानको दिन भएकाले सवारी साधन संचालनमा रोक लगाइएको हो ।
अत्यावश्यक तथा पास लिएका सवारी साधन बाहेक अन्य सवारी साधन आज दिनभर नचलाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।
सम्बन्धित
















इरान–अमेरिका तनाव चर्कियो
लुम्बिनीमा ५६ जना महिलाको उम्मेदवारी, रोल्पामा छैनन्
सुरक्षा व्यवस्था थप सुदृढ बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन
न्युजिल्यान्डमा नोभेम्बर ७ मा आम निर्वाचन
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
प्रतिक्रिया