सप्तरीको डाक्नेश्वरीको स्थगित भएको मतदान एक जेठमा हुने
मेरोन्यूज
२०७९ वैशाख ३० गते १६:५०

काठमाडौं । सप्तरीको डाक्नेश्वरीमा स्थगित भएको मतदान १ जेठमा हुने भएको छ । डाक्नेश्वरी नगरपालिका-२ स्थित हिररबा मावि मतदान केन्द्रमा १ जेठमा मतदान हुन लागेको हो ।
मतदान अधिकृत कुटिएपछि त्यहाँको मतदान रोकिएको थियो । रोकिएको मतदान आजै पुनः नहुने अवस्था भएपछि अर्को दिन मतदान गर्नेगरी स्थगित भएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार सर्वपक्षीय छलफलपछि १ जेठमा मतदान गर्ने निर्णय गरिएको बताए । एक अशक्त महिलाले मतदान अधिकृतलाई मत हाल्न दिएकी थिइन् । तर, मत हाल्दा आफूले भनेको भन्दा अन्यत्रै हालेको भन्दै विवाद सुरू भएको थियो ।
विवादपछि एक समूहले मतदान अधिकृतमाथि कुटपिट गरेका थिए । मतदान अधिकृतमाथि कुटपिट भएपछि मतदान रोकिएको थियो ।
सम्बन्धित
















कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया