साकेलामा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित
मेरोन्यूज
२०७९ जेठ १ गते १३:२२

खोटाङ, १ जेठ ।खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् । उनले १९७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाएका छन् ।
आइतबार घोषित परिणामअनुसार न्यौपानेको प्यानलबाट जयप्रकाश कट्वाल, हरिहर ढकाल र महिला सदस्य निर्मला राई चुनिएका छन् । दलित महिला सदस्य कविता बिक भने एमालेकातर्फबाट विजयी भएका छन् ।
न्यौपाने नेबिसंघको जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुँदै केही समयअघि भएको कांग्रेसको १४ राष्ट्रिय महाधिबेसनमा प्रदेश प्रतिनिधि बनेका थिए ।
सम्बन्धित
















नेशनल लाईफले दियो अभिकर्ताहरुलाई १ दिने तालिम
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
जुम्लामा जिल्ला प्रशासनका कर्मचारी काजमा, सेवा प्रवाहमा समस्या
लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
प्रतिक्रिया