बागलुङको तमानखोला गाउँपालिका अध्यक्षमा कांग्रेस विजयी

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जोकलाल बुढा विजयी भएका छन् । उनी २ हजार ७०७ मत ल्याएर विजयी भएका हुन् । यस अगाडी पनि उक्त गाँउपालिका अध्यक्ष बुढा नै थिए ।
जिल्लाका अरु स्थानीय तहमा सत्तारुढ दलबीच तालमेल भए पनि तमानखोलामा भने कांग्रेस– माओवादी प्रतिस्पर्धामा थिए ।
अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेद्वार देवबहादुर पुनले एक हजार ९९५ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार देवेन्द्र छन्त्यालले ३९२ मत पाएका छन् ।
गाउँपालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी हिरा कुमारी छन्त्याल दुई हजार ७१९ मत ल्याएर निर्वाचित भएकी छन् ।
उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी निसु रसाइलीले १ हजार ९५८ मत प्राप्त गरेकी छिन् ।
वडाध्यक्षमा वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका थमबहादुर रोका, वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका नारायण सुनार, वडा नम्बर ३ मा नेपाली काँग्रेसका झकबहादुर बुढा निर्वाचित भएका छन् ।
त्यस्तै वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका छवि श्रीपाली, वडा नम्बर ५ मा नेपाली कांग्रेसका हिराबहादुर श्रीपाली र वडा नम्बर ६ मा नेपाली कांग्रेसकै चित्र छन्त्याल निर्वाचित भएका छन् ।









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया