धनुषामा ट्रयाक्टरको ठक्करबाट एक जनाको मृत्यु
मेरोन्यूज
२०७९ जेठ २ गते ११:३५

धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिका–१ कमलाखोलामा हिजो बेलुकी ट्रयाक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया गुर्मीदेवी चमार रहेकी छन् । ट्रयाक्टरको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जिल्ला अस्पताल सिराहामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
रोकिराखेको प्रदेश २–०१–००१ त ०८३२ नम्बरको ट्रयाक्टरमा खर्बुजा लोड गर्दै गरेकी उनलाई हिजो बेलुकी पौने ९ बजे प्रदेश २–०१–००१ त ०९९२ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो ।
दुर्घटनामा संलग्न ट्रयाक्टर सहित चालकलाई प्रहरी चौकी इनर्वाले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रतिक्रिया